पृष्ठभूमी

कृषि क्षेत्रको उत्पादन तथा उत्पादकत्व बढाउन उपयुक्त प्रविधि समक्ष पुर्याकउनको लागि तालिम एक सशक्त माध्यम हो । यही कुरालाई हृदयङ्गम गरी तत्कालीन श्री ५ को सरकारको मिति २०४४ मार्ग २४ को निर्णय तत्कालीन कृषि तालिम तथा प्रसार शाखाबाट अलग्याई केन्द्रिय कृषि तालिम केन्द्र र पाँचौ विकास क्षेत्रका तराई र पहाडमा १/१ गरी जम्मा १० वटा क्षेत्रीय कृषि तालिम केन्द्रहरु स्थापना गरिएका थिए । सो ही मध्ये यस क्षेत्रीय कृषि तालिम केन्द्र खजुरा पनि एक हो । आ.ब. २०४६/०४७ मा क्षेत्रीय कृषि तालिम केन्द्र पहाडी क्षेत्र ताराईमा गाभिने क्रममा क्षेत्रीय कृषि तालिम केन्द्र पहाडी क्षेत्र, सुर्खेत पनि क्षेत्रीय कृषि तालिम केन्द्र खजुरा बाँकेमा गाभियो, सोही क्रममा आ.ब. २०४९/०५० मा सुदुरपश्चिमाञ्चल क्षेत्रको क्षेत्रीय कृषि तालिम केन्द्र सन्दरपुर कञ्चनपुर पनि यस तालिम केन्द्रमा गाभियो र २०५९/०६० सम्म सुदुर पश्चिमाअञ्चल क्षेत्रको तालिम कार्यक्रम यस तालिम केन्द्रमा सञ्चालन हुँदै आयो । यस उप्रान्त यस तालिम केन्द्रको प्रभाव क्षेत्र अन्तर्गत सुदूरपश्चिमाअञ्चल र मध्यपश्चिमाअञ्चल क्षेत्र रहेकोमा आ.ब. २०६०/०६१ देखि सुदुर पश्चिमाञ्चल क्षेत्रको तालिम क्षेत्रीय कृषि तालिम केन्द्र सुन्दरपुर, कञ्चनपुरमा संचालन हुदै आएको छ ।
क्षेत्रीय कृषि तालिम केन्द्र खजुरा बाँके जिल्लाको सदरमुकाम नेपालगन्जको वीरेन्द्र चोक (धम्बोझी चोक) देखि पश्चिमतर्फ ६ कि.मी. को दुरीमा नेपालगन्ज, गुलरिया सडकमा पर्ने खजुरा खुर्द गा.वि.स. वाड नं. ५ अवस्थित छ । यो समुन्द्र सतह देखि १८१ मि. को उचाईमा २०º २६” उत्तर अक्षांस र ८१º ३७” पूर्वी देशान्तरमा अवस्थित छ । करिब ४ हेक्टर क्षेत्रफल ओगटेको यस क्षेत्रीय कृषि तालिम केन्द्रको निकटमा क्षेत्रीय माटो परिक्षण प्रयोगशाला, क्षेत्रीय बीउबीजन प्रयोगशाला, क्षेत्रीय बाली संरक्षण प्रयोगशाला लगायत क्षेत्रीय कृषि अनुसन्धान केन्द्र पनि रहेको छ । क्षेत्रीय प्रयोगशाला तथा अनुसन्धान केन्द्र निकटमा रहेको हुँदा तालिम संचानलको लागि श्रोत व्यक्तिको उपलब्धता सहज रहेको छ । भौगोलिक हिसाबले यस तालिम केन्द्र भावर क्षेत्रमा पर्दछ भने पहाडबाट बगाई ल्याएको मलिलो माटो अतिरिक्त चिम्ट्याईलो माटोको बाहुल्यता देखिन्छ । 
 
  • याम नारायण देवकोटा
    प्रमुख तालिम अधिकृत
    सागर ढकाल
    सूचना अधिकारी

Related Links